Section 15
अधिग्रहण गरिने जग्गाको क्षतिपूर्ति र त्यसको निर्धारण

(१) देहायको अवस्थामा बाहेक दफा १४ बमोजिम कुनै जग्गा अधिग्रहण गर्दा कुनै क्षतिपूर्ति दिइने छैन
–(क)कुनै घर, टहरा वा इमारत सहित कुनै जग्गा अधिग्रहण गरेकोमा त्यस्तो घर, टहरा वा इमारतको धनीले सो घर, टहरा वा इमारत उपभोग गर्न नपाए बापतको क्षति,
(ख)बालीनाली लगाउने समय नाघ्ने गरी कुनै जग्गा अधिग्रहण गरिएमा त्यस्तो बालीनाली लगाउन नपाए बापत सम्बन्धित जग्गावालाले व्यहोर्न परेको नोक्सानी,
(ग)अधिग्रहण गरिएको जग्गामा कुनै अस्थायी सडक बनाएको वा निर्माणका सरसामान राखेको फलस्वरूपसो जग्गालाई अधिग्रहण गर्दाको स्थितिमा ल्याउन त्यस्तो जग्गा फिर्ता पाउने व्यक्तिले व्यहोर्न पर्ने जति रकम ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकमको निर्धारण देहाय बमोजिम गरिनेछ –
(क)सडक विभाग र सम्बन्धित जग्गाधनीको बीच सम्झाैता भएमा सोही बमोजिम,(ख)खण्ड (क) बमोजिम सम्झाैता हुन नसकेमा मध्यस्थताद्वारा निर्धारण गरिनेछ र त्यसको प्रयोजनको लागि निम्नलिखित मध्यस्थहरूरहनेछन्ः–
(१)सम्बन्धित नगरपालिकाको प्रमुखले तोकेको सो नगरपालिकाकोसदस्य वा सम्बन्धित गाँउपालिकाको अध्यक्ष,
(२)प्रमुख जिल्ला अधिकारी, र(३)भूमि प्रशासन कार्यालय वा माल अड्डाको हाकिम ।